काठमाडौं । जेन–जी प्रदर्शनकारीले डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा आगजनी हुँदा उनकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् ।
मंगलबार बिहान प्रदर्शनकारीहरूले खनाल निवासमा आगो लगाउँदा घरभित्र रहेकी चित्रकार जलेर गम्भीर घाइते भएकी हुन् । सो क्रममा उनी छोरा निर्भिक खनालसँग घरमै थिइन् ।
गम्भीर घाइते भएकी चित्रकारलाई सुरुवाती उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पताल पुर्याइएपछि सघन उपचार कक्षमा राखिएको थियो ।
पूर्वप्रधानमन्त्री खनाललाई भने सेनाले आगजनी हुनुअघि नै सुरक्षित स्थानमा उद्धार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया