विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाको घरमा पनि आगजनी भएको छ । उग्र बनेको जेन-जी आन्दोलनको क्रममा कोइरालाको विराटनगरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
नाराबाजी गर्दै कोइरालाको निवाससम्म पुगेका प्रदर्शनकारीले आगजनी गर्दा ग्यारेजमा पार्किङ गरी राखिएका सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
हाल सो घरमा कांग्रेस नेता कोइराला बस्दै आएका छन् । तर उनी यसबेला चीन भ्रमणमा रहेका कारण घरमा उपस्थित थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया