बुद्ध एयरका सबै उडान रद्द

लोकपथ
217
Shares

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले आफ्ना सबै उडान रद्द गरेको छ । यात्रुको आवतजावतमा समस्या भएपछि सबै उडान रद्द गरिएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार आन्तरिक विमानस्थलमा जहाज ल्यान्ड गर्न सकिने अवस्था नरहेको र यात्रुलाई जान र आउन पनि समस्या परेको कारण सबै उडान रद्द गरिएको हो ।

बुद्ध एयरले अस्वाभाविक एवम् गम्भीर परिस्थिति तथा सुरक्षाका कारण मंगलबारका सबै उडान स्थगन र रद्द गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?