एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा पनि आगजनी

लोकपथ
504
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा आगजनी भएको छ।  प्रदर्शनकारीहरूले स्वयंभूस्थित उपाध्यक्ष पाण्डेको घरमा मंगलबार आगजनी गरेका हुन् ।

सुरक्षाकर्मीले लगाएको कर्फ्युलाई अवज्ञा गर्दै आन्दोलनकारी सडकमा उत्रिएका छन् । उनीहरूले नेताहरूको घरलाई मुख्य लक्ष्य बनाउँदै तोडफोड र आगजनीलाई तीव्र पारेका छन् ।

सोमबारदेखि सुरु भएको प्रदर्शन मंगलबार दोस्रो दिनमा प्रवेश गर्दा काठमाडौंका विभिन्न स्थानमा झडप, तोडफोड र आगजनीका घटनाहरू बढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?