काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवस्था नाजुक बनेको छ ।
बिहानैबाट प्रदर्शनकारीहरुले संसद भवन अघि विरोध प्रदर्शन गरिरहेका छन् ।
सोमबार नै जेनजी समूहले संघीय संसद भवन प्रवेश गर्ने तयारी गरेका थिए । सो क्रममा प्रहरीको गोली लागेर धेरैको हताहती समेत भएको छ । आज पनि बिहानैबाट प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु संसद भवन प्रवेशको तयारी गरिरहेका छन् । यद्यपि संसद भवन भित्र सेना परिचालन गरिएका कारण बाहिर विरोध प्रदर्शन भइरहेको छ ।
सोमबार जेनजी समूहले विभिन्न मागसहित गरेको विरोध प्रदर्शनमा १९ जनाको ज्यान गइसकेको छ । साथै सयौँको संख्यामा घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया