काठमाडौं । एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज आक्रोशित प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले कार्यालय प्रवेश गर्दै कार्यालयको संरचनामा क्षति पुर्याएका थिए ।
कार्यालय अगाडि ठूलो भिड जम्मा भएर प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेको छन् । प्रदर्शनकारीहरूले सरकारको कामकाजमा असन्तुष्टि जनाउँदै उनीहरूको राजीनामा माग गरेका छन् ।
प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने, थप विवरणहरू पछि उपलब्ध गराइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया