देउवा निवास बूढानिलकण्ठमा प्रदर्शनकारीहरुले गरे आगजनी

लोकपथ
840
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीहरुले आगजानी गरेका छन् ।

प्रदर्शनकारीहरुले बूढानिलकण्ठस्थित सभापति देउवाको निवासमा आगजनी गरेका हुन् ।

बिहानैदेखि उग्र बनेका प्रदर्शनकारीहरु त्यसतर्फ प्रस्थान गरेका थिए । तर प्रहरीले रोके पनि अहिले भने आगजनी गरेका हुन् ।

सोमबार जेनजी समूहले गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि मंगलबार भने आम नागरिक सडकमा निस्किएका हुन् । त्यसो त प्रदर्शनकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेल निवास बोहोराटारमा समेत आगजनी गरेका छन् । साथै मन्त्री र शीर्ष नेताहरुको घरमा पुगेर प्रदर्शनकारीहरुले आगजनी तथा तोडफोड गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?