सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले ‘कर्फ्यु’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।

अदालतले आज जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ ।

सूचनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यु आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवम् कानुन व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?