काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । हालै जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको झडपपछि सुरक्षा निकायलाई ‘हाइअलर्ट’ रहन निर्देशन दिइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार देशभरका सुरक्षा निकायलाई शान्ति सुव्यवस्था खलल हुन नदिन विशेष सतर्कता अपनाउन भनिएको छ । जिल्लास्तरीय सुरक्षा समितिमार्फत सबै निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था बलियो बनाइने गृह मन्त्रालयले जनाएको छ ।
यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिसकिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौंलगायत विभिन्न स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण युवा, विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाजलगायतलाई संयमता र धैर्यता अपनाउन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया