काठमाडौं । संसदीय सुनुवाइ समितिमा निर्विरोध निर्वाचित रामहरि खतिवडाले गलत ढंगले आए संवैधानिक परिषद्को सिफारिस पनि अस्वीकार गर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको सभापतिको शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले कसैको डर, प्रभाव र दबाबमा नपरी निष्पक्षताका साथ आफूले काम गर्ने पनि स्पष्ट पारे । आफूले राज्य व्यवस्था समितिको सभापति हुँदा कुनै गल्ती नगरेको बताए । उनले देश र जनताको हितमा समर्पित भएर समितिका काम कारबाही अघि बढाउने बताए ।
खतिवडाले यसअघि कुलिङ पिरियड छेडखानीमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया