ललितपुर महानगरद्वारा लगनखेलको सार्वजनिक जग्गा अतिक्रमण निर्मित संरचना भत्काइयो

लोकपथ
84
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ ।

नगर प्रहरीले आइतबार तीनवटा डोजरसहित ललितपुर–५, लगनखेलस्थित कित्ता नं.१०५ मा निर्माण गरिएका संरचना भत्काएको नगर प्रहरी प्रमुख सीताराम हाछेतुले जानकारी दिए ।

महानगरले ३५ दिने सूचना टाँस गरेर दिएको समयसीमा नाघेपछि डोजर चलाइएको उनले बताए ।

हाछेतुका अनुसार, महानगरपालिकाभित्रका सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीतिबमोजिम सो स्थानमा रहेको न्हुः पोखरीको जीर्णोद्वार र पुनः निर्माणका लागि संरचना हटाइएको हो ।

पोखरी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको र बजेट विनियोजन समेत सम्पन्न भइसकेको नगर प्रहरी प्रमुखले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?