काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले पेस गर्न चाहेका फरक मतमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएका छन् ।
महाधिवेशनको हलमा थापाले फरक मत पेस गर्ने तयारी गरेका थिए । तर अध्यक्ष ओलीले उनीलाई ‘हलमा पेस नगरी समूहमा जानुहोस्’ भनेर रोक लगाएका हुन् ।
थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रावधानमा फरक मत राखेका थिए । उनका प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरूलाई बाँडिसकिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ‘उहाँलाई समूहमा कुरा राख्न भनिएको छ। छलफलमा रोक लगाइएको छैन ।’ महाधिवेशनमा अहिले प्रतिवेदनमाथि १० समूहमा छलफल भइरहेको छ, र अध्यक्ष ओलीले यहीँ प्रक्रियामा कुरा गर्न निर्देशन दिएका छन् ।
थापाको फरक मत अब हलमा होइन, समूहगत छलफलमा राखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया