आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य छन् : अध्यक्ष महतो

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताएका छन् । 

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको जागरण सभामा बोल्दै महतोले कांग्रेस र एमालेले आफूहरूलाई विभाजित गराएको आरोप लगाए । 

सोही विभाजनका कारण अहिले मधेसी, थारु, आदिवासी जनजाति राज्यविहिनको अवस्थामा रहेको उनको आरोप छ । 

२०७२ मा संविधान जारी हुँदा पनि आफूहरू सँगै मिलेर लडेको स्मरण गर्दै महतोले तत्काल एकीकरण नभए पनि मोर्चामै रहेर आफ्ना अधिकार तथा पहिचानका लागि मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘विगतमा मधेसी, थारु, आदिवासी जनजाति, दलित, पिछडावर्गहरूले छुट्टाछुट्टै एक्ला एक्लै सङ्घर्ष गरेकाले असफल भयौँ । अब अधिकार, पहिचानका लागि मोर्चा बन्दीको विकल्प छैन ।’

अध्यक्ष महतोले मधेसको अधिकारका लागि अब सबै एक भएर लड्ने बेला भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?