काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिक आज बिहान ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो । दुर्घटनामा भुजेलको घटनास्थलमै मृत्यु भएको छ भने दाहाल घाइते भई स्थानीय अस्पतालमा उपचाररत छन् ।
ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ। यस क्रममा घरपालुवा करिब २० वटा पन्छी मरेका छन् ।
प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया