सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला २ लाख ७ हजार ९०० पुग्यो

लोकपथ
301
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च दर हो । 

मंगलबारसम्म प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकोमा आज मात्रै प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल विश्वबजारमा सुन प्रतिऔंस ३ हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?