आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.4k
Shares

काठमाडौं । स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नयाँ मूल्य अनुसार १० ग्राम सुन १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?