काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गर्ने क्रम सोमबार पनि जारी रह्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँमा कायम भए पनि सोमबार फेरि बढेर २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो ।
यो हालसम्मकै उच्च दर हो ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । आइतबार तोलाको २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी सोमबार बढेर २ हजार ४७० रुपैयाँमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया