काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढ्दा चाँदी २६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया