सांसद गिरीको आरोप : ‘प्रतिपक्षले सरकारबारे भ्रम छर्दैछ’

लोकपथ
112
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरिले प्रतिपक्षी दलहरूले सरकारका कामकारबाहीलाई तथ्यरहित रूपमा प्रस्तुत गरी जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सही दिशामा अघि बढाइरहेको दाबी गर्दै, प्रतिपक्षले वास्तविक तथ्य र तथ्यांकको आधारमा होइन, स्वार्थको राजनीति गर्नका लागि गलत सन्देश प्रवाह गरिरहेको टिप्पणी गरे ।

उनले भने, ‘सांसदभित्र मात्र होइन, संसदबाहिर सामाजिक सञ्जालमा समेत सरकारले गरेका कामलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई रोकिएको छैन । तर तर्कसंगत आधारमा होइन, आग्रहका आधारमा सरकार देश लुटिरहेको छ भन्ने किसिमले जनतालाई भ्रममा पार्ने काम भइरहेको छ ।’

सांसद गिरीले आर्थिक वर्ष २०८१/८२ का आर्थिक परिसूचक सार्वजनिक भइसकेको भन्दै त्यसलाई आधार बनाएर सरकारको मूल्याङ्कन गर्न प्रतिपक्षलाई आग्रह गरे । उनले भने, ‘तथ्यांकका आधारमा निर्णय गर्नुपर्छ देश लुटिएको हो कि अर्थतन्त्र सही बाटोमा फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?