काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भई फरार रहेका सुर्खेत भेरीगङ्गा नगरपालिका–२ का कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरी स्वदेश ल्याइएको छ।
कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
सुनारलाई कानूनी कारबाहीका लागि सुर्खेत जिल्ला प्रहरी कार्यालयमा बुझाइने प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया