सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
518
Shares

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य  १ लाख ९५ हजार २०० कायम गरिएको छ । यो मूल्य बिहीबारको तुलनामा  ४०० ले बढी हो ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज एक तोला चाँदी  २ हजार ३३० मा कारोबार भइरहेको छ, जुन बिहीबारको मूल्य २ हजार २९० भन्दा ४० बढी हो ।

यसैबिच, अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य उकालो लागिरहेको छ । प्रमुख सञ्चारमाध्यमका अनुसार आज प्रति औँस सुन ३ हजार ३२९ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?