कामना बैंक र लेमन ट्री प्रिमियरबिच छुट सम्बन्धी सम्झौता

लोकपथ
98
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले होटलमा आवास (Accommodation), खाना-पेय पदार्थ (Food & Beverage) मा १५ प्रतिशत तथा स्पा सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

सो सम्झौतापत्रमा बैंकतर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?