काठमाडौं । बागमती प्रदेशमा नेपाली पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसले नेता खटाएको छ ।
कांग्रेसले त्यहाँको विवाद मिलाउनका लागि केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीलाई जिम्मेवारी दिएको हो ।
काठमाडौं क्षेत्र नं १० बाट निर्वाचित सांसद समेत रहेका नेता केसी बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर नेताहरुसँग छलफल थालेका छन् ।
बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलभित्र समस्या देखिएको छ । बागमती प्रदेश कांग्रेस सभापति एवं प्रदेश सभा सदस्य ईन्द्र बानियाँले आफूसहित २१ जनाको हस्ताक्षरसहित संसदीय दलका नेता बहादुर सिंह लामालाई हटाउन माग गरेका छन् । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामालाई हटाउन चलखेल सुरु भएपछि पार्टीले त्यसबारे चासो दिएको हो ।
प्रदेश सभापति बानियाँले मुख्यमन्त्री लामाको भूमिकामाथि प्रश्न उठाउँदै संसदीय दलमा अविश्वास दर्ता गराएका छन् । यता मुख्यमन्त्री लामाले भने आफूले त्यसलाई फेस गर्ने बताउँदै आएका छन् ।
त्यसो त शुक्रबार कांग्रेसकै ४ मन्त्रीले राजीनामा दिएका थिए । तर मुख्यमन्त्री लामाले भने उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए ।
खासगरी चालु आर्थिक वर्षको बजेट निर्माणका बेला सत्तारुढ कांग्रेसभित्रै असन्तुष्टि पैदा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया