कांग्रेस बैठकमा रामहरिले भने : ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ, पार्टीले बाहिर बस भन्यो भने तयार छु’

लोकपथ
3.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीले निर्देशन दिए राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पद छोड्न तयार रहेको बताएका छन् ।

‘कुलिङ अफ पिरियड’ को प्रावधानसहित विधेयक पारित भएपछि विवादमा परेका खतिवडाले संसदीय समितिबाट राजीनामा मागिए पनि पार्टीकै निर्णयमा टेकेर अघि बढ्ने बताए ।

पार्टी बैठकमा उनले भने, ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ, पार्टीले बाहिर बस भन्यो भने म तयार छु ।’

खतिवडाले संसदीय समितिमा बदनाम गर्ने शैलीमा कार्य नगर्न आग्रह गर्दै समिति निर्णय पालन गर्न तयार रहेको जनाए ।

पार्टीभित्र शीर्ष नेतृत्वलाई खुइल्याउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘गगन थापा कमजोर भयो भनेअरू को बलियो हुन्छ ?’

उनले बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत, रमेश लेखक, आरजु देउवासहित सबैलाई जोड्दै आन्तरिक एकताको आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?