काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताए । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ ।
उनले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गरे । आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताए ।
अध्यक्ष नेपालले भने, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु । म अनुचित कुराको कहिल्यै पनि पक्षमा रहन्न । म जहिले पनि अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, राम्रो संस्कृति र संस्कारमा जोड दिने, कहिले पनि बदलाको भावनाबाट नहिँड्ने सकेसम्म सबैलाई समेटेर लैजाने सोच भएको मान्छे हुँ ।’ अध्यक्ष नेपालले जीवनमा चुनौतीहरूको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया