काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले धर्तीलाई सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उनले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउने किसिमको बनाउनुपर्ने बताए ।
उनले संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको आरोप लगाए । व्यवहारिक रूपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए ।
अध्यक्ष साहले भने, ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छ । दुनियाँमा नभएको मौलिक हक छ तर कार्यान्वयन एउटा पनि भएको छैन । त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले यसलाई एसेप्ट गर्नुपर्दछ । हामीले व्यवहारिक रूपमा सोच्नुपर्छ ।’ अध्यक्ष साहले समितिको बैठक कार्यपालिका बनाएर चलाउनुपर्ने माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया