समिति बैठकमै एमाले सांसद गिरीले मागे रामहरि खतिवडाको राजीनामा

लोकपथ
651
Shares

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले ‘कुलिङ पिरियड’ मा भएको किर्तेबारे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै समिति सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका हुन् ।

समितिको आकस्मिक बैठकमा समिति सदस्य समेत रहेका गिरीले समितिबाट सर्वसम्मत पारित दुई वर्षे कुलिङ पिरियडको व्यवस्था प्रतिवेदनमा फरक ढंगले प्रस्तुत गरिएको प्रति आपत्ति जनाए ।

उनले यसलाई संसदीय इतिहासकै ‘घिनलाग्दो र जल्लास्पद’ घटना भन्दै जिम्मेवार नलिएसम्म यस्तो अवस्था दोहोरिरहने चेतावनीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?