काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निजामती विधेयकमा गरिएको त्रुटीको छानबिन गर्न सर्वदलीय छानबिन समितिको माग गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतले पारित गरेको उक्त विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा ‘कुलिङ परियड’ नै हटाइएको भन्दै आपत्ति जनाएका छन् ।
सो विषयमा सामाजिक सञ्जालमा लेख्दै उनले उक्त घटनाले हाम्रो राजनीति र राज्य संयन्त्रहरु कति कुरुप र जारी छन् भन्ने देखाएको भन्दै कटाक्ष गरे । साथै यसमा जोसुकै दोषी भए पनि कानुनी दायरामा ल्याउन सर्वदलीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे ।
‘वर्तमानका हाम्रा राजनीति वा राज्य संयन्त्रहरु कति कुरुप र जाली छन् भन्ने यो एउटा ज्वलन्त दृष्टान्त हो । तसर्थ जो जुनसुकै स्तहको संलग्नता रहेको भए पनि सर्वदलीय संसदीय समिति गठन गरी यसमा संलग्न सबैलाई कारबाही गरिनु आवस्यक छ ।
अन्यथा दल विशेषको मात्र होइन सिङ्गै सांसद माथि जनता को विश्वास टुट्ने छ,’ उनले भने ।
समितिबाट सर्वसम्मतीले पारित भएको तर प्रतिनिधि सभाबाट पारित हुने बेलामा विधेयकको मुल मर्म नै मार्ने काम गम्भीर विश्वासघात गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया