कुलिङ पिरियडबारे नारायणकाजीको आपत्ति– ‘हद भयो, दोषी खोजेर कारबाही गरौँ’

लोकपथ
1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निजामती सेवा विधेयकबाट कुलिङ पिरियड हटाउनेमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक संसदबाट पारित गर्दा भने गोलमाल गरिएको छ । त्यसले लोकतन्त्र र जनताको जनप्रतिनिधिमुलक संस्थामाथिको अपमान र अवमूल्यन गरेको उनको आरोप छ । साथै उक्त कार्यमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै उनले भनेका छन्, ‘ हद भयो । सिमा पार गर्यो ।

लोकतन्त्र र जनप्रनिधिसंस्था सांसदको यो भन्दा अवमूल्यन ,अपमान र उपहास अरु के हुन्छ ।तसर्थ राज्यव्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयक लाई प्रतिनिधिसभामा हेर फेर गरेर पेश गर्ने दुशकार्यको जिम्मेवारहरू माथि जो सुकै भएपनि कडा भन्दा कडा कारवाही हुनुपर्दछ ।त्यसमाथि लामो समय सम्म राष्ट्रिय रुपमै बहस भई समितिले पारित गरेको ‘कुलिङ पिरियड’ को विषयमा नै यसो गरिएकाले यसलाई सामान्य रुपमा लिनै मिल्दैन । यो कमजोरी होइन , सुनियोजित अपराध हो ।’

आइतबार प्रतिनिधि सभाबाट निजामती सेवा विधेयक पारित भएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत पारित भएको विधेयकका विषयमा लामो छलफल समेत भएको थियो । खासगरी कुलिङ पिरियड राख्ने वा नराख्ने भन्ने विवाद कायम थियो । समितिले पारित गरेको विधेयकमा उच्च पदस्थ कर्मचारीहरुमा २ वर्ष लागु हुने गरी कुलिङ पिरियड कायम गरिएको थियो । तर प्रतिनिधि सभाबाट पारित हुँदा भने उक्त व्यवस्था हटाइएको छ, त्यसको विषयमा चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?