काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरण छानबिनका लागि गठन भएको उच्चस्तरीय समितिले गम्भीर, निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपमहासचिव पुनले समितिबाट तथ्य, प्रमाण र जनताको भावनाअनुसार प्रतिवेदन आउने अपेक्षा गरेको उल्लेख गरे ।
उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको जानकारी दिँदै, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र कूटनीतिक नियोगका पदाधिकारीहरू समेत मुछिएको मिडियामा उल्लेख भएकाले उच्चस्तरीय छानबिन समितिले ती सबै पक्षबारे गहिरो छानबिन गर्नु जरुरी रहेको बताए ।
‘राज्यका निकायहरूमा विगतदेखि वर्तमानसम्म देखिएका समस्या कहाँ छन्, किन छन् रु यसलाई अध्ययन गरेर पारदर्शी प्रतिवेदन आओस् भन्ने हाम्रो अपेक्षा हो,’उनले भने, ‘यदि गम्भीर र निष्पक्ष छानबिन भएन भने जनस्तरबाट आलोचना र अविश्वास आउनेछ । प्रमुख प्रतिपक्षी दलको हैसियतले हामी पनि खबरदारी गरिरहनेछौँ ।’
उनले समितिले आफ्नो कार्यादेशअनुसार जिम्मेवारी पूरा गरोस् भन्ने कामना समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया