संविधान अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुन्छ : उपाध्यक्ष घिमिरे

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने  बताएकी छन् । 

शनिबार काठमाडौंमा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्नेकुरामा पछि परेको बताइन् । उनले विगतका अभ्यास, कानुन, नियम, संविधान, इतिहास सँगै अघि बढाउनुपर्नेमा जोड दिइन् । 

उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले संघर्ष गर्नुपर्ने बताइन् । सबै मिलेर संघर्ष गरे मात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?