काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । टेलिकमले समय समयमा विभिन्न प्रकारका अफरहरु उपलब्ध गराउदै आएकोमा पुस २७ देखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो ।
यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार १ दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ७ दिनको समयावधिका लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्ध हुनेछ । स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा६जीबी डाटा तथारु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ ।
त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । यस अघि उपलब्धअल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ ।
यस्तै नेपाल टेलिकमएप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तररुपमा उपलब्ध हुनेछ ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५ एस्ट्रीक १ ह्यास डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिनतथा सेवा खरिद गर्न सकिन्छ ।
त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । यस अफरबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया