आफूमाथि अभद्र व्यवहार गर्ने महिलालाई २४ घण्टाभित्र पक्राउ नगरे मुद्दा हाल्ने साम्पाङको चेतावनी

लोकपथ
1.2k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्नुपर्ने बताएका छन् । मेयर साम्पाङले उक्त महिलालाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै मेयर साम्पाङसँग बाजाबाज गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

महिलाले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरुको घर भत्काइदिन्छु’ भन्दै फर्किएका थिए ।

यस्तो छ मेयर साम्पाङको स्टाटस : 

‘यो देशमा राज्य सरकार छ छैन ? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन ! त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने ? अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?’

 

https://www.facebook.com/watch/?v=813621263760057

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?