काठमाडौं । रुकुमबाट नेपालगञ्ज आउँदै गरेको यात्रुबहाक बस सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको छ ।
दुर्घटनाबाट केही व्यक्तिहरु घाइते भएको भौतिक पूर्वाधार तथा यातायात्री प्रकाश ज्वालाले जानकारी दिए ।
सामाजिक सञ्जालमा लेख्दै दुर्घटनाबाट घाइते भएकाहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । साथै उनीहरुको उपचारमा लाग्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।
‘रुकुमबाट नेपालगञ्ज आउँदै गरेको यात्रुबहाक बस सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको खवरले मर्माहित भएको छु ।’ उनले भनेका छन्, ‘सवारी दुर्घटनामा घाइतेहरुको तत्काल उद्धार गर्न र घाइतेहरुको उपचारका लागि अस्पताल पुरयाउन सम्पूर्ण सुरक्षाकर्मी, गाउँपालिका र सम्पूर्ण स्थानीय दाजुभाई दिदीहरुलाई हार्दिक अनुरोध र अपिल गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया