काठमाडौं । नेकपा एमालेले दुई जना नेतालाई पार्टीबाट अलग गरेको छ ।
सोमबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वमन्त्री र प्रदेश सभा सदस्य समेत रहेका केशव स्थापित र केन्द्रीय सदस्य प्रमोदनारायण यादव (सिराहा)लाई पार्टीबाट हटाएको हो ।
स्थापित २०७९ को निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।स्थापित र यादवले पार्टीमा सक्रिय हुन नसक्ने मौखिक जानकारी दिएपछि उनीहरूलाई पार्टीले बिदा गरेको उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया