मन्त्रिपरिषद्को बैठकबाट संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँछौं : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा उनले आगामी मन्त्रिपरिषद् बाटै ऐन पारित गरेर पठाउने बताए ।

उक्त ऐनले शिक्षा क्षेत्रको धेरै कुराहरुलाई सकारात्मक परिवर्तन दिने तागत राख्ने उनको ठोकुवा छ ।

‘आज प्रधानमन्त्रीको हैसियतले भन्न चाहत्छु, पर्सि मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पहिलो पटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँदैछौं । ’

उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयालाई जनताको मौलिक अधिकारको रुपमा लिपिवद्ध गरिनु आफैंमा ठूलो भएको बताएका छन् ।

तर त्योसँग सम्बन्धित ऐन कानुन नबन्दा अहिलेसम्म शिक्षाको क्षेत्रमा परम्पराभन्दा धेरै फरक केही हुन नसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?