काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले भ्रष्टाचार विरुद्धको लडाँई सुरु गरेपछि गठबन्धन भत्काउने प्रयास सुरु भएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा उनले, सरकार भ्रष्टाचार व्यथिति र विसंगतिविरुद्ध खरो उत्रिएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको छ ।
उनले भने ‘भ्रष्टचार र विसंगति विरुद्ध लडाई सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनेपछि समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने, उत्पन्न गर्ने अनेक खालको करसरतहरु भईरहेका छन् । तर हामी ती सबै षड्यन्त्रहरुलाई पराष्तगर्दै हाम्रो आफ्नो एकतालाइ अझै बलियो पार्दै एक अर्को प्रति विश्वासको धरातललाई अझै बलियो बनाउँदै अगाडि बढ्ने छौं।’
सरकार अहिले जनता, युवा र नेपाल राष्ट्रको पक्षमा लडाई लडिहरको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया