लहान । प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ । लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दए ।
पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया