काठमाडौं । प्रहरी धादिङको गजुरीबाट ३ सय ६० किलो चरेशसहित तीन भारतीय नागरिक पक्राउ परेको छ ।
केन्द्रीय लागूऔषध नियन्त्रण ब्यूरोबाट खटेको प्रहरीको टोलीले भारतीय कन्टेनरबाट ३ सय ६० किलो चरेशसहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारा छन् ।
काठमाडौंबाट भारत लैजान लागेको अवस्थामा सो चरेश नियन्त्रणमा लिइएको डिआइजी दिनेश अमात्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया