‘भ्यालेन्टाइन डे’सप्ताह: माया प्रकट गर्ने अर्को माध्यम,आफ्नो मायालुलाई कस्तो ‘टेडी’ दिँदै हुनुहुन्छ?

जब तपाईं कसैलाई सच्चो प्रेम गर्नुहुन्छ नी तब त्यहाँ न जात ले रोक्न, न भूगोलले न त धनले नै । प्रेमको भावना पोखिनुपर्छ । प्रेममा पग्लिनुपर्छ । तब न प्रेम हुन्छ । 

आज ‘भ्यालेन्टाइन डे’ चौथो दिन अर्थात् ‘टेडी डे’ आफ्नो माया व्यक्त गर्ने अर्को माध्यम । भ्यालेन्टाइ डे आउन अझै चार दिन बाँकी छ । यसको दिनको पर्खाइमा हरेक प्रेमीप्रेमीका छन् । 

आज विश्वभरका प्रेमीप्रेमीकाहरुले ‘टेडी डे’ एक आपसमा आदान प्रदान गरेर आफ्नो माया साटासाट गरेर मनाउँदै छन् । 

उक्त खेलौना दिएर मनाइने हुँदा यो दिन ‘टेडी डे’ का रुपमा परिचित छ । अब कुरा गरौँ न तपाईंले आफ्नो प्रेमीप्रेमीकालाई कस्तो ‘टेडी डे’ उपहार दिन । 

तपाईंले आफ्नो मन र मायाको अवस्था अनुसार टेडी प्रदान गर्न सक्नुहुन्छ । 

निलो टेडी : ‘गहिरो माया–प्रेम’ यदि तपाईंको एक आपसमा गहिरो प्रेममा हुनुहुन्छ भने निलो रङ्गको टेडी उपहार दिन सक्नुहुनेछ । आकाश र समुद्र निलो हुने र त्यसको कुनै सिमा नहुने हुदाँ निलो रङ्गको टेड्डी उपहार दिन भनिएको हो ।

रेड टेडी : ‘तपाईको प्रेम बारे सबै जानकार छन्’ लामो समयदेखि प्रेममा भएको र तपाईंको प्रेम बारे घर परिवार सबै जानकार छन् भने रातो टेडी उपहार दिनुस् रातो कलरको संकेत आगो र रगतसंग हुने हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो ।

सेतो टेडी : ‘अल रेडी बुक’ सेतो कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ । त्यसैले सिधा कुरा गर्नेले यो टेड्डी उपहरमा प्रयोग गर्न सक्छन् । साथै पहिल्यै प्रेममा रहेकाले पनियो टेड्डी प्रयोग गर्ने चलन छ ।

सुन्ताला कलरको टेडीः ‘प्रपोज कुर्दै’ सुन्तला कलरले शक्ति, खुसि, आनन्द, सृजनात्मक अवस्था वा सुर्योदयको रुपलाई संकेत गर्छ । यदि तपाईँलाई कसैले उक्त कलरको टेड्डी दिदैछ भने थाहा पाउनुस् कि तपाइँलाई उसले प्रपोज कुरिरहेको छ । अथवा, तपाईँलाई प्रपोजको उत्तम समय कुरिरहेको छ ।

पहेँलो टेडी : ‘ब्रेक अप’ पहेँलो कलरले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलोप्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?