एलिजा गौतमले गरिन् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

लोकपथ
252
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छिन् ।

धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आफूले सक्रिय राजनीतिबाट बिदा लिएको र आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गरेकी छिन् ।

हर्क सामपाङको प्रसंसा गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु । दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् ।

https://www.facebook.com/AlizaGautamOfficial/posts/pfbid02BrSwz548W6cGca5oJDW2P24XVcwTzmSuV7qjZQh3eN27YXKt9eMJvYbaWSzKCrKLl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?