संसदमा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्ने

लोकपथ
420
Shares

काठामाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति पछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको हो ।

प्रतिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति अक्षम्य भएकोले राजीनामा माग्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले लोकपथलाई जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?