काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा नौंमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व। श्री हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृति बैंकका सञ्चालक समितिका सदस्य श्री श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार रुपैंयाँ बराबरको छात्रवृति उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । विद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया