ललिता निवास प्रकरण : पक्राउ परेका ५ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

लोकपथ
112
Shares

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ५ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनालाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

ब्यूरोले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?