प्रधानमन्त्री प्रचण्डले भने– ‘पहिले जस्तो मल अभाव हुने अवस्था छैन’

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबका दिनमा रासायनीक मल अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको सवालमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

आजको संसदमा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए ।

उनको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

प्रधानमन्त्री प्रचण्डले ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?