२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
413
Shares
महोत्तरी । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?