सानोबाईपासमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकाको सानोबाईपासमा यात्रुवाहाक बसले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

बा २ ख ८४१३ नम्बरको गाडीले गए राति सानोबाईपासको सडक छेउमा हिँडिरहेका खोटाङ घर भएका १७ वर्षीय लोपचन राईलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका राईको दुर्घटनाभएको केहीबेरमा मृत्यु भएको थियो । हाल गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?