सरकारको लागि भोलि सोमबार पुुनः ३० अर्ब ८७ करोड रुपैंयाँ आन्तरिक ऋण उठाउँदै

लोकपथ
52
Shares

काठमाडौं । चालु आर्थिक बर्ष सकिन लाग्दा नेपाल राष्ट्र बैंकलाई सरकारको लागि आन्तरिक ऋण उठाउन चटारो परेको छ ।

सो अनुसार यही जेठ १४ गते बिभिन्न अवधिको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि २९ अर्ब १३ करोड रुपैंयाँ आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले भोलि सोमबार पुन ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँको टेर्जरी बिल बिक्री गरी ऋण उठाउने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्ममा बोलकबोलको माध्यमद्धारा बिभिन्न अवधिको टेर्जरी बिल बिक्री गरी उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागिएको हो ।

जारी मिति भने जेठ २३ गते तोकिएको टेर्जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकको भनाई छ । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब रुपैंयाँको रहेको छ भने ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख रुपैंयाँको रहेको छ । यसैगरी एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैंयाँको ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकको भनाई छ ।

भोलि बिक्री हुने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको आठ अर्ब मध्ये पाँच अर्ब नयाँ र बाँकी सबै पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० असार १९ गते, २०८० भदौ १९ गते, २०८० मंसिर १९ गते र २०८१ जेठ २२ तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?