मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालको उपचारको क्रममा मृत्यु भएको छ ।
विष सेवन गरी आत्मदाहको प्रयास गरेका उनको कोसी अस्पाल बर्न सेन्टरमा निधन भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उदय जबराले लोकपथलाई जानकारी दिए ।
शनिबार बिदाको दिन भएपनि बिहान ७ बजे नै ढकाल विद्यालय आएका थिए । शुरुमा उनले विष सेवन गरेको र आफ्नै मोटरसाइकलको पेट्रोल छर्किएर ज्यानमा आगो लगाएको जबराले लोकपथलाई बताए ।
‘कोशी अस्पताल वर्न उहाँको मृत्यु भइसकेको छ ।’ उनले भने, ‘प्रहरीले अनुसन्धान गर्दा उहाँले पहिले विष सेवन गरेको पाइयो, पछि आफ्नै बाइकको पेट्रोल छर्किएर उनले आत्महत्या गरेको खुलेको छ ।’
उनका अवस्था गम्भीर रहेको कारण अस्पतालले उनलाई बाहिर लैजान आग्रह गरेको थियो । परिवारले बाहिर लगेर उपचार गर्ने तयारी गर्दैगर्दा निधन भएको हो ।
उनले व्यक्तिगत कारणले नै मृत्युको बाटो रोजेको हुनसक्ने सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइले लोपथलाई जानकारी दिए ।
पछिल्ला दिनहरुमा नेपालमा आत्मदाह गर्ने क्रम बढेको छ । गत माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अघि पेट्रोल छर्किएर आत्मदाह गरेका थिए । भने त्यसपछि पनि विभिन्न व्यक्तिले विभिन्न स्थानमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया