भारतको बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको विमान पुन: काठमाडौं फर्कियो

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौंबाट भारतको बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको विमान पुन: काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट बेंग्लोरका लागि उडेको आरए–२२५ कल साइनको विमानमा चरा ठोक्किएको आशंकामा काठमाडौं फर्किएको हो ।

विमान काठमाडौं अवतरण गरेपछि धावनमार्गमा चरा नभेटिएको र विमानमा पनि कुनै क्षेती नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?